Premier Cables
Premier Steel

समाचार

लागूऔषधसहित झापा, मोरङ र सुनसरीबाट ७ जना पक्राउ

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १९, २०८३  | अपराह्न १:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट लागूऔषध ब्राउन सुगरसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको संयुक्त टोलीले चेकजाँचका क्रममा कचनकवल गाउँपालिका–६ बाट भारतको किसनगञ्ज निवासी युबेद राजालाई ६९ ग्राम ६०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। त्यस्तै, वडा प्रहरी कार्यालय भद्रपुरले कचनकवल गाउँपालिका–४ का हेमन्त विश्वकर्मालाई ५ ग्राम १२० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जनाएको छ।

बिज्ञापन

मोरङमा इलाका प्रहरी कार्यालय रंगेली र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरको संयुक्त टोलीले धनपालथान गाउँपालिका–३ तथा रंगेली नगरपालिका–४ चोप्राह क्षेत्रमा सञ्चालन गरेको चेकजाँचका क्रममा रंगेली–१ का सुदिप भट्टराईलाई ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

साथै, उर्लाबारी–४ का अभिषेक कार्की र बेलबारी–२ का नविन निरौलालाई ७ ग्राम ४०० मिलिग्राम ब्राउन सुगरसहित तथा सुन्दरहरैँचा नगरपालिका–७ का सुरज परियारलाई १३ ग्राम ८६० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

यसैबीच, सुनसरीमा इलाका प्रहरी कार्यालय धरानले चेकजाँचका क्रममा धरान–१७ का भोला राईलाई ३४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।

पक्राउ परेका सबै व्यक्तिमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa