Premier Cables

समाचार

कोसीका विभिन्न जिल्लाबाट लागू औषधसहित ११ जना पक्राउ

Calendar मंगलबार, साउन २७, २०८२  | अपराह्न १२:३६ बजे

विराटनगर। झापा र सुनसरी जिल्लाको बवभिन्न स्थानबाट पछिल्ला तीन दिनमा लागू औषध सहित ११ जना पक्राउ छन् ।

साउन २५ गते झापा मेचीनगर नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले सोहि स्थानका २३ वर्षीय संयोग चौधरी, २३ वर्षीया सुकमाया राई र ३१ वर्षीय दिलिप लिम्बुलाई २ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर सहित र मेचीनगर- ७ का ५६ वर्षीय टिकाराम कोईरालालाई १७५ ग्राम ३१० मिलिग्राम गाँजासहित पक्राउ गरेको हो भने जिल्ला प्रहरी कार्यालय झापा र प्रहरी चौकी घोडामाराले भद्रपुर नगरपालिका- ५ का ३० वर्षीय सन्तोष श्रेष्ठ र उनको श्रीमती २९ वर्षीया लक्ष्मी राजवंशीलाई २ ग्राम ४५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

बिज्ञापन

त्यस्तै सुनसरीको इनरूवा नगरपालिका ४ स्थितमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले इटहरी-५ का ५३ वर्षीय विशाल माझी र २५ वर्षीय सचिन लिम्बुलाई २ ग्राम ३८ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीले धरान- ५ बाट २४ वर्षीय आशिष राईलाई निषेधित औषधी ६३८ ट्याब्लेट र क्याप्सुल सहित नियन्त्रणमा लिएको हो ।

त्यस्तै बराहक्षेत्र नगरपालिका- ११ बाट इलाका प्रहरी कार्यालय महेन्द्रनगर र प्रहरी चौकी मधुवनको प्रहरी टोलीले सोहि स्थानका ५० वर्षीय मुस्ताक मिया र बराहक्षेत्र नगरपालिका- ६ का ४८ वर्षीय बल्ले भन्ने बलराम यादवलाई ७८ किलोग्राम गाँजा सहित नियन्त्रणमा लिएको हो ।

पक्राउ परेका उनिहरुको आवश्यक थप अनुसन्धान भईरहेको जनाइएको छ ।

*** समाप्त ***
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka