विराटनगर । आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि आज प्रदेशसभामा छलफल हुने भएको छ ।
कार्यसूचीअनुसार विदुर कुमार लिड्थेप ले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्नेछन् ।
बिज्ञापन
अर्थमन्त्री लिड्थेपले प्रस्ताव पेश गरेपछि आगामी आर्थिक वर्षको बजेटका आधारभूत सिद्धान्त, नीति तथा प्राथमिकतामाथि प्रदेशसभा बैठकमा विस्तृत छलफल सुरु हुनेछ ।