Premier Cables

समाचार

रास्वपा मोरङका नेता वीरेन्द्र कुमार साहलाई सहकारी विभाग सदस्यमा जिम्मेवारी

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ ०९, २०८३  | साँझ ६:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मोरङका युवा नेता वीरेन्द्रकुमार साहलाई पार्टीको केन्द्रीय सहकारी विभागमा सदस्यको जिम्मेवारी दिएको छ।

पार्टीको केन्द्रीय कार्यालयबाट जारी गरिएको आधिकारिक पत्रमार्फत उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो।

विज्ञापन

रास्वपाका महामन्त्री भूपदेव शाहद्वारा हस्ताक्षरित पत्रमा साहले पार्टीको विधान, नीति तथा सिद्धान्तअनुसार विभागीय जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ।
मोरङको सुनवर्षी नगरपालिका–२ निवासी साह सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तिका रूपमा परिचित छन्।

विशेषगरी सहकारी क्षेत्र, सामाजिक उत्तरदायित्व र युवामुखी अभियानमा उनको संलग्नता उल्लेखनीय रहेको बताइएको छ।
पार्टीले संगठन सुदृढीकरण अभियानअन्तर्गत विभिन्न विभागलाई सक्रिय बनाउने योजनासहित नयाँ जिम्मेवारी बाँडफाँटलाई तीव्रता दिएको जनाएको छ। सोही अभियानअन्तर्गत साहलाई केन्द्रीय सहकारी विभागमा समेटिएको हो।

नयाँ जिम्मेवारी पाएपछि साहले पार्टीप्रति आभार व्यक्त गर्दै सहकारी क्षेत्रलाई पारदर्शी, उत्तरदायी र जनमुखी बनाउन आफू सक्रिय रूपमा लाग्ने बताएका छन्। साथै उनले जनअपेक्षाअनुसार इमानदार ढंगले जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka