विराटनगर । एमाले प्रवेश मोरङ जिल्ला स्तरीय एकजना नेतालाई रास्वपाले तीन महिनापछि कारबाही गर्दै सदस्यता खारेज गरेको छ । कोशी प्रदेश समिति सदस्य ठगेन्द्र न्यौपानेलाई पार्टी हितविपरीत गतिविधि गरेको आरोपमा कारवाही गर्दै सदस्यता खारेज गरिएको हो ।
पार्टीको अनुशासन विभागले जेठ ६ गते सार्वजनिक गरेको आधिकारिक पत्रमार्फत न्यौपानेलाई कारवाही गरिएको जनाएको हो । पत्रमा उनले पार्टीको नीति र हितविपरीत काम गरेको उल्लेख गरिएको छ ।
मोरङको रतुवामाई नगरपालिका निवासी न्यौपाने यसअघि रास्वपाबाट मोरङ क्षेत्र नम्बर–२ मा उम्मेदवार बनेका थिए । तर, सार्वजनिक गरिएको कारवाही पत्रमा भने बोधार्थ मधेस प्रदेश र सर्लाही जिल्ला समितिलाई पठाइएको देखिएको छ । यस विषयलाई लिएर सामाजिक सञ्जालमा समेत विभिन्न टिप्पणी भइरहेका छन् ।
कारवाही पत्र प्राप्त गरेपछि न्यौपानेले सामाजिक सञ्जालमार्फत व्यंग्यात्मक शैलीमा प्रतिक्रिया दिएका छन् । उनले पार्टीको निर्णयप्रति कटाक्ष गर्दै टिप्पणी गरेका हुन् ।
यता, रास्वपाले कारवाहीको निर्णय सार्वजनिक गरे पनि न्यौपाने भने फागुन २१ गतेलो चुनावी माहोलकै बीचमा एमाले प्रवेश गरिसकेका छन ।
पार्टीमा लामो समय सम्म सदस्य रहेका सदस्यको पूरा नाम र जिल्ला समेत थाहा नभई पार्टीले आधिकारिक पत्र पठाउनु नयाँको पुरानो शैलीका रुपमा ब्याख्या गरिएको छ ।
