Premier Cables
Premier Steel

कोशी प्रदेश

रास्वपा कोशी अधिवेशनः को-को छन् सभापतिका आकांक्षी ?

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २७, २०८३  | अपराह्न ३:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कोसी प्रदेशको प्रथम प्रदेश अधिवेशन बुधबारदेखि सुरु भएको छ। अधिवेशनअन्तर्गत प्रदेश सभापति पदका लागि सात जनाले उम्मेदवारी दिएका छन्।

सभापति पदका लागि चन्द्र राई, चन्द्रकुमार गौली, सरिन तामाङ, पिताम्बर तिम्सिना, पारशमणि गेलाल, नारायणप्रसाद घिमिरे र खगेन्द्र कटुवाल चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्।

बिज्ञापन

रास्वपाले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असार १ गतेभित्र सातै प्रदेशमा अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ। तर वाग्मती प्रदेशमा मंगलबार हुने तय भएको निर्वाचन प्रक्रिया भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।

पार्टी विधानअनुसार प्रदेशअनुसार फरक–फरक आकारका प्रदेश समिति गठन हुने व्यवस्था छ। कोसी प्रदेशमा ६१ सदस्यीय, मधेसमा ५९ सदस्यीय, वाग्मतीमा ६५ सदस्यीय, गण्डकीमा ४७ सदस्यीय, लुम्बिनीमा ५७ सदस्यीय, कर्णालीमा ४१ सदस्यीय तथा सुदूरपश्चिममा ४३ सदस्यीय प्रदेश समिति रहने प्रावधान रहेको छ।

रास्वपा निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अधिवेशनको बन्दसत्र सुरु भइसकेको छ र अब निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।

निर्धारित तालिकाअनुसार जेठ २७ गते कोसी, २८ गते मधेस, २९ गते गण्डकी, ३० गते लुम्बिनी र ३१ गते कर्णाली प्रदेशको अधिवेशन आयोजना हुनेछ। सुदूरपश्चिम प्रदेशको अधिवेशन असार १ गतेका लागि तय गरिएको छ।

प्रदेश अधिवेशन सम्पन्न भएपछि रास्वपाले असार ७, ८ र ९ गते चितवनमा पहिलो राष्ट्रिय महाधिवेशन आयोजना गर्ने कार्यक्रम रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka