नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । अमेरिकी संसद्को सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पको सैन्य शक्तिलाई सीमित गर्ने प्रस्ताव पारित गरेको छ।
मतदानमा ४ जना रिपब्लिकन सांसदले विपक्षी डेमोक्र्याट्सलाई समर्थन गरेका थिए भने ३ जना रिपब्लिकन सांसद मतदानमा अनुपस्थित रहे।
प्रस्ताव ५०–४७ मतले पारित भएको हो। यद्यपि, यसलाई कानुन बन्न अझै केही संवैधानिक प्रक्रिया पूरा गर्न बाँकी छ। प्रस्ताव कानुन बनेमा ट्रम्प प्रशासनले इरानविरुद्ध कुनै पनि सैन्य कारबाही जारी राख्नुअघि कङ्ग्रेसको अनुमति लिनुपर्ने व्यवस्था हुनेछ।
अब यस विषयमा अन्तिम निर्णयका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्सबाट पनि प्रस्ताव पारित हुनुपर्नेछ, जहाँ रिपब्लिकनहरूको बहुमत रहेको छ। त्यसपछि राष्ट्रपति ट्रम्पले चाहेको अवस्थामा प्रस्तावमाथि ‘भिटो’ प्रयोग गर्न सक्नेछन्।
यदि ट्रम्पले भिटो गरेमा त्यसलाई निष्क्रिय बनाउन सिनेट र हाउस दुवैमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ, जुन वर्तमान राजनीतिक समीकरणमा चुनौतीपूर्ण मानिएको छ।
इरानसँग बढ्दो तनावका बीच अमेरिकी सिनेटमा मङ्गलबार साँझ युद्ध रोक्ने विषयमा विशेष छलफलसमेत भएको थियो।
