Premier Cables
Premier Steel

कोशी प्रदेश

जेठ ६ गतेदेखि कोशी प्रदेश सभाको नवौँ अधिवेशन सुरु हुने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख ३१, २०८३  | बिहान ११:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेश सभाको नवौँ अधिवेशन आगामी जेठ ६ गतेदेखि सुरु हुने भएको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए ।

उनका अनुसार प्रदेश सभाको बैठक विराटनगरस्थित वीरेन्द्र सभागृहमा अपराह्न ३ बजेदेखि बस्नेछ ।

विज्ञापन

मन्त्रिपरिषद् बैठकले तथ्यांक नियमावली २०८२ लाई मन्त्रिपरिषद्को भौतिक पूर्वाधार समितिमा पठाउने निर्णय गरेको छ । साथै, कोशी योजना आयोग गठन संशोधन आदेश २०८३ लाई कानुन, न्याय तथा मानवअधिकार समितिमा पठाउने निर्णयसमेत गरिएको छ ।

त्यस्तै, योजना आयोगको रिक्त सदस्य पदमा धरान उपमहानगरपालिकाकी मनिता घिमिरेलाई नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रदेश सचिवका रूपमा सरुवा भएर आएका रामकृष्ण अधिकारीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णयसमेत गरेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

कोशीमा निजी क्षेत्रसँग आर्थिक संवाद गर्न रास्वपा महामन्त्रीसहितका नेता विराटनगरमा

Clock Iconआइतबार, मंसिर १३, २०८३

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka