Premier Cables

कोशी प्रदेश राजनीति

प्रदेश सभा सदस्य गोम्बु शेर्पा भन्छन्,“प्रहरी नदिने संघीय सरकारविरुद्ध निर्णायक संघर्ष गरौं”

नोट: यो समाचार १ वर्ष २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | साँझ ७:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा माओवादी केन्द्र कोसी प्रदेशका प्रदेश सभा सदस्य गोम्बु शेर्पाले प्रदेश प्रहरी समायोजनामा ढिलासुस्ती गर्ने संघीय सरकारविरुद्ध निर्णायक संघर्ष गर्नुपर्ने बताएका छन् ।

आइतबार सभाको बैठकमा शुन्य समयमा बोल्दै शेर्पाले भने,“संविधानको प्रदेशको एकल अधिकारभित्रको प्रहरी तुरुन्त हस्तान्तरण होस नत्र निर्णायक संघर्ष गरौं ।” उनले अहिले सिंगो प्रदेश र जिल्लाहरुमा सुरक्षा अवस्थामा जटिल समस्या पर्दै गएको बताए ।

विज्ञापन

संघीय सरकारको गैरजिम्मेवार र संघीयता विरोधी हर्कतले ढिलासुस्ती भएको भन्दै उनले प्रहरी समायोजन गर्ने तथा दबरन्दी व्यवस्था पनि नगर्दा सुरक्षा अवस्था जटिल बनेको दाबी गरे । खासगरी हिमाली र पहाडी जिल्लामा दरबन्दीको आधामात्र प्रहरी कर्मचारी भएपनि काजमा गएका कारण समस्या परेको सुनाए ।

“प्रहरी संख्या थोरै छ, नयाँ विस्तार भएको प्रहरी चौकी सूचारु गर्न पनि गर्न नसक्ने अवस्था छ । भवनहरु निर्माणको पनि समस्या छ । सोलुखुम्बुमा कतिपय गाउँपालिकामा चौकी भवन बन्न सकेका छैनन्,” उनले भने, “संघले नबनाउने र प्रदेशलाई पनि हस्तान्तरण नगर्ने समस्या छ । तुरुन्त प्रहरी समाजोजन गर्न वा दरबन्दी मिलाउन सरकारको ध्यानाकर्षण गराउँछु ।”

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka