विराटनगर । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागू औषधसहित चार जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाको आधारमा बैशाख २५ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर (पिआइटी) को टोलीले धरान उपमहानगरपालिका–९ बाट तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा धरान–१६ का क्षितिज भण्डारी, काठमाडौं महानगरपालिका–६ का समिर दियाली तथा सिन्धुपाल्चोकको मेलम्ची–४ का सन्देश तामाङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ३६ ग्राम ९१० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ।
बिज्ञापन
त्यसैगरी, झापास्थित अस्थायी प्रहरी चौकी बसपार्कको टोलीले अर्जुनधारा नगरपालिका–११ बाट दमक नगरपालिका–२ का सुमन थापालाई पक्राउ गरेको छ। उनको साथबाट ५ सय ८९ चक्की प्रतिबन्धित औषधि बरामद भएको प्रहरीले जनाएको छ।