Premier Cables
Premier Steel

अपराध

सुनसरीमा भारतीय एम्बुलेन्समा गाँजा तस्करी, दुई जना पक्राउ

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख २३, २०८३  | बिहान ९:५१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले गाँजा बोकेको भारतीय नम्बर प्लेटको एम्बुलेन्स नियन्त्रणमा लिएको छ। उक्त एम्बुलेन्समा सवार दुई जना व्यक्तिलाई समेत पक्राउ गरिएको छ।

प्रहरीका अनुसार मंगलबार बराहक्षेत्र नगरपालिका–२ पुल्ठेगौंडाबाट बीआर ०७ पीसी ४७६५ नम्बरको एम्बुलेन्स जाँच गर्दा प्लास्टिकका बोरामा राखिएको १४८ किलो गाँजा फेला परेको हो।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा भारत, बिहार राज्यको सुपोल जिल्ला वीरपुरका १८ वर्षीय धर्मेन्द्रकुमार यादव (चालक) र २१ वर्षीय मोहमद सदाम रहेका छन्।

प्रहरीले एम्बुलेन्स प्रयोग गरी गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka