Premier Cables
Premier Steel

अपराध

८२६ किलो बोकेको ट्रयाक्टरसहित ९ जना पक्राउ

Calendar शुक्रबार, माघ १६, २०८२  | बिहान १०:४६ बजे

भोजपुर । भोजपुरको हतुवागढी गाँउपालिका ९ मचुवा स्थितबाट ८२६ किलो ६६० ग्राम लागु औषध गाँजा बोकेको ट्रयाक्टरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

माघ १५ गते बिहान प्रहरी चौकी हसनपुर भोजपुरबाट प्रहरी टोलीले हतुवागढी गाँउपालिका ९ मचुवा मचुवादेखि धनकुटाको अखुवाटारतर्फ लैजादै गरेको ना ७ त ३५० नम्बरको ट्याक्टरलाई चेकजाँच गर्दा डिकिभित्र गाँजा फेला परेको हो ।

बिज्ञापन

डिकीमा ४३ वटा बोरामा राखेको ८२६ किलो ६६० ग्राम लागुऔषध गाँजा बरामद गरी आमचोक ९ का रुद्र बहादुर श्रेष्ठ , निशान मगर, नीर बहादुर श्रेष्ठ,धनकुटाको सहिदभूमि २का सुदिप पुर्कुटी, निल कुमार मगर, किशोर बिसुन्के, बिर्ख बहादुर बिसुन्के ,दिप कुमार बिसुन्के र ताप्लेजुङको मिरिङ्डेन(६का लाक्पा शेर्पालाई पक्राउ गरेको छ ।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka