Premier Cables
Premier Steel

राजनीति

सुकुमवासी व्यवस्थापन गर्न सरकारलाई रास्वपाको सुझाव

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २०, २०८३  | साँझ ६:५२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुकुमवासीहरूको समस्या समाधानका लागि ठोस व्यवस्थापन गर्न सरकारलाई सुझाव दिएको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले काठमाडौं उपत्यकाका नदी किनारमा असुरक्षित र अव्यवस्थित रूपमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको हो। पार्टीका प्रवक्ता मनिष झाले आगामी बाढीको जोखिमलाई ध्यानमा राख्दै समयमै कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।

बिज्ञापन

उनका अनुसार, बाढीको मौसम नजिकिँदै गर्दा ढिलाइ गर्नु उपयुक्त नहुने भन्दै अहिलेबाटै सुरक्षित स्थानमा व्यवस्थापन गर्न सरकारलाई सुझाव दिइएको हो। बैठकले गाँस, बास र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै व्यवस्थित बसोबासको व्यवस्था गर्न जोड दिएको छ।

रास्वपाले घरबारविहीन नागरिकको सुरक्षित स्थानान्तरणका लागि अधिकार सम्पन्न प्राधिकरण गठन गर्न पनि सरकारलाई सुझाव दिएको छ। उक्त प्राधिकरणमार्फत तथ्यांक संकलन गरी चैत मसान्तसम्म कम्तीमा ७५ प्रतिशत सुकुमवासीको व्यवस्थापन गरिसक्नुपर्ने लक्ष्य पनि प्रस्ताव गरिएको छ।

त्यस्तै, प्राधिकरणले पूर्ण विवरण उपलब्ध नगराएसम्म अधिग्रहण गरिएका संरचनाबाहेक अन्य स्थानमा डोजर प्रयोग नगर्नुपर्ने धारणा पनि बैठकले राखेको प्रवक्ता झाले जानकारी दिए।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka