Premier Cables
Premier Steel

राजनीति

रास्वपाको पहिलो चरणको मतदान सम्पन्न, पदाधिकारीका लागि आजै दोस्रो चरणको निर्वाचन हुँदै

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ । चितवनको भरतपुरमा जारी महाधिवेशनमा निर्धारित समयभन्दा केही ढिलो गरी सुरु भएको मतदान केहीबेरअघि सकिएको हो ।

पहिलो चरणमा केन्द्रीय सदस्य चयनका लागि मतदान भएको थियो । रास्वपा केन्द्रीय निर्वाचन आयोगका अनुसार पहिलो चरणको मतदानमा २ हजार ९ सय ५९ जना प्रतिनिधिले सहभागिता जनाएका छन् ।

बिज्ञापन

अब आजै पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ । रास्वपा नेता मनिष झाले दिउँसो ४ बजेसम्म दोस्रो चरणको मतदान सुरु गर्ने तयारी रहेको जानकारी दिए ।

उनका अनुसार एक जना प्रतिनिधिले पदाधिकारी चयनका लागि मतदान गर्न करिब ४ देखि ५ मिनेट समय लाग्ने अनुमान गरिएको छ ।

रास्वपा नेता विपिन आचार्यका अनुसार पदाधिकारीका ६ पदका लागि निर्वाचन हुँदैछ । जसमा खुला उपसभापति १, महिला उपसभापति १, खुला महामन्त्री १, खुला सहमहामन्त्री २ र महिला सहमहामन्त्री १ पद रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa