Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १७, २०८३  | अपराह्न १२:५८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाले इरानविरुद्ध लगाएको समुद्री नाकाबन्दी लम्ब्याउने संकेत गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च बिन्दुमा पुगेको छ।

विश्व बजारमा मानक मानिने ब्रेन्ट क्रुडको मूल्य प्रतिव्यारेल १२० अमेरिकी डलर नाघ्दै केही समयका लागि १२२ डलरसम्म पुगेको जनाइएको छ। फेब्रुअरी अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि सैन्य कारबाही सुरु गरेयता तेलको मूल्य निरन्तर बढ्दै आएको हो।

बिज्ञापन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी बन्दरगाह तथा ढुवानीमाथिको नाकाबन्दी महिनौँसम्म लम्ब्याउने विषयमा ऊर्जा क्षेत्रका प्रमुखहरूसँग छलफल गरेपछि बजारमा थप अनिश्चितता बढेको छ। यसलाई विश्वकै प्रमुख तेल मार्ग मानिने होर्मुज जलडमरू लामो समय अवरुद्ध हुन सक्ने संकेतका रूपमा विश्लेषण गरिएको छ।

विश्वको करिब २० प्रतिशत पेट्रोलियम ढुवानी यही मार्गबाट हुने भएकाले आपूर्ति शृङ्खलामा जोखिम बढेको छ। इरानले पनि प्रत्युत्तरस्वरूप उक्त जलमार्गमा अवरोध जारी राख्ने चेतावनी दिएको छ।

यसैबीच, पेट्रोलियम निर्यातक राष्ट्रहरूको संगठनबाट संयुक्त अरब इमिरेट्सले मे १ देखि अलग हुने निर्णय गरेपछि बजारमा थप दबाब सिर्जना भएको छ। यसले विश्व तेल आपूर्ति संरचनामा अनिश्चितता बढाएको बताइएको छ।

यसअघि युद्धविरामको संकेतसँगै केही घटेको तेल मूल्य फेरि तीव्र रूपमा बढ्न थालेको छ। ऊर्जा बजारमा अस्थिरता अझै कायम रहने अनुमान गरिएको छ।

मूल्यवृद्धिसँगै इन्धन, ढुवानी तथा उपभोग्य वस्तुको मूल्य बढ्ने सम्भावना देखिएको छ। विश्व बैंकले सन् २०२६ मा ऊर्जा मूल्य करिब २४ प्रतिशतसम्म बढ्न सक्ने प्रक्षेपण सार्वजनिक गरिसकेको छ।

नेपालजस्ता आयातमुखी देशमा यसको प्रत्यक्ष असर पर्ने देखिन्छ। हाल नेपालमा पेट्रोल प्रतिलिटर २१९ रुपैयाँ र डिजेल २३७ रुपैयाँमा बिक्री भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka