Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिका-इरान युद्धः दुबै देश गर्दैछन् जितको दाबी !

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र २५, २०८२  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इरान । अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम घोषणा गरिएको छ। यससँगै झण्डै छ सातादेखि जारी द्वन्द्व अस्थायी रूपमा रोकिने संकेत देखिएको छ।

फेब्रुअरी २८ देखि सुरु भएको युद्धका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै आएका थिए। उनले इरानलाई सैन्य रूपमा ध्वस्त पार्ने अल्टिमेटम दिएका थिए, तर समयसीमा सकिएपछि युद्धविरामका लागि तयार भएको बताएका छन्। इरानले पनि सकारात्मक प्रतिक्रिया जनाएपछि दुवै पक्षबीच सहमति भएको हो।

बिज्ञापन

अमेरिकाले युद्धविरामका लागि हर्मुज जलडमरू खुला गर्नुपर्ने सर्त राखेको छ। इरानले भने आफ्नो भूमिमा आक्रमण नभएमा उक्त समुद्री मार्ग खुला गर्न तयार रहेको जनाएको छ। ट्रम्पले अमेरिकी सैन्य उद्देश्य पूरा भइसकेकाले अब कूटनीतिक समाधानतर्फ अघि बढ्न सकिने बताएका छन्।

उनले इरानबाट आएको १० बुँदे प्रस्तावलाई वार्ताका लागि आधार मान्दै धेरै विवादित विषयमा सहमति नजिक पुगेको दाबी गरेका छन्। उनका अनुसार दुई साताभित्र अन्तिम शान्ति सम्झौता टुंगोमा पुग्न सक्छ।

यसअघि ट्रम्पको चेतावनीपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता बढेको थियो। पाकिस्तान, इजिप्ट र टर्कीले युद्धविरामका लागि पहल गर्दै आएका थिए। विशेषगरी पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले अन्तिम समयमा मध्यस्थता गर्दै सहमति जुटाउन महत्वपूर्ण भूमिका खेलेका थिए।

इरानका विदेशमन्त्री अब्बास अराग्चीले युद्धविरामको स्वागत गर्दै इरानी जनतालाई बधाई दिएका छन् र पाकिस्तानलाई धन्यवाद दिएका छन्। दुवै पक्षबीच थप वार्ताका लागि इस्लामावादमा छलफल गर्ने तयारी गरिएको छ।

युद्धविरामलाई दुवै पक्षले आफ्नो उपलब्धिको रूपमा प्रस्तुत गरेका छन्। अमेरिकी प्रशासनले यसलाई सैन्य तथा कूटनीतिक सफलता भनेको छ भने इरानले पनि आफ्ना उद्देश्य पूरा भएपछि वार्तामा गएको जनाएको छ।

तर द्वन्द्वको अर्को महत्वपूर्ण पक्ष इजरायलले अहिलेसम्म औपचारिक प्रतिक्रिया दिएको छैन। केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार इजरायलले युद्धविरामप्रति असन्तुष्टि जनाएको छ।

युद्धविराम घोषणा भए पनि सबै पक्षको स्पष्ट सहमति नआएसम्म यसको कार्यान्वयन चुनौतीपूर्ण रहने देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा कमजोर पेट्रोलियम भण्डारणः १५ दिनलाई पुग्ने पेट्रोल मौज्दात, एलपी ग्याँसको परिमाण घट्दो

Clock Iconबुधबार, चैत्र २५, २०८२

बन्द हुने अवस्थामा सुनसरी-मोरङ औद्योगिक करिडोरका प्लाष्टिक उद्योग

Clock Iconबुधबार, चैत्र २५, २०८२

राजश्व परामर्श समितिको छलफल: अर्थमन्त्री आएनन्, विराटनगर आइपुगे अर्थमन्त्रालयका सचिव

Clock Iconमंगलबार, चैत्र २४, २०८२

सरकारी कर्मचारी र पदाधिकारीलाई दिँदै आएको इन्धन सुविधामा कटौती

Clock Iconमंगलबार, चैत्र २४, २०८२

विराटनगरमा पूर्व बजेट छलफल हुँदै, अर्थमन्त्री वाग्ले प्रमुख अतिथि

Clock Iconमंगलबार, चैत्र २४, २०८२

साताको दोस्रो कारोबार दिन आज सेयरबजारमा ठूलो अंकको वृद्धि

Clock Iconसोमबार, चैत्र २३, २०८२
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka