Premier Cables
Premier Steel

कोशी प्रदेश

सुनवर्षीका मेयरले विद्युतका कर्मचारी धम्क्याए, सुरक्षा दिन कर्मचारीको माग

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | साँझ ६:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा बक्यौता रकम उठाउन पुगेका नेपाल विद्युत प्राधिकरण, रंगेली वितरण केन्द्रका कर्मचारीमाथि नगर प्रमुख श्याम प्रसाद राजवंशीले दुर्व्यवहार गरेको आरोप लागेको छ ।

बुधबार नियमित कार्यअन्तर्गत नगरपालिका पुगेका कर्मचारीलाई गालीगलौज तथा दुर्व्यवहार गरिएको बताइएको छ । यसप्रति प्राधिकरणका कर्मचारीहरूले असन्तुष्टि जनाएका छन्। घटनापछि उनीहरूले सुरक्षाको कारण देखाउँदै सुनवर्षी नगरपालिकाभित्र काम गर्ने वातावरण सुनिश्चित गर्न माग गर्दै शाखा प्रमुखलाई ध्यानाकर्षण पत्र पठाएका छन्।

बिज्ञापन

ध्यानाकर्षण पत्रमा उल्लेख भएअनुसार, वैशाख १६ गते प्राधिकरणका कर्मचारी जनक भट्टराई र विनोद हरिजन बक्यौता सम्बन्धी सूचना दिन नगरपालिका प्रशासन शाखामा पुगेका थिए। प्रशासन शाखाबाट नगर प्रमुखको कार्यकक्षमा छलफलका लागि लगिएको समयमा नगर प्रमुख राजवंशीले कर्मचारीमाथि अमानवीय व्यवहार गर्दै गालीगलौज गर्नुका साथै लात हान्ने धम्की दिएका थिए ।

पत्रमा नगर प्रमुखले आफ्नो पदीय मर्यादा विपरीत नेपाल सरकारका कर्मचारीमाथि भौतिक आक्रमण गर्ने जस्तो व्यवहार गरेको उल्लेख गर्दै आत्मआलोचना सहित माफी नमागेसम्म काम गर्न नसकिने जनाइएको छ। साथै, यस्तो व्यवहारका कारण कर्मचारीहरू असुरक्षित महसुस गरिरहेको र काम गर्ने वातावरण नभएसम्म नगरपालिका क्षेत्रमा काम गर्न नसकिने जनाइएको छ ।

यता, नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रले भने घटनाबारे दुबै पक्षका धारणा फरक(फरक आएको बताउँदै छलफलमार्फत समाधान खोजिने जनाएको छ।

नगर प्रमुखको व्यवहारप्रति प्राधिकरणका कर्मचारीहरू रुष्ट भएका छन् भने घटनाले स्थानीय तह र सरकारी निकायबीच समन्वयमा समेत प्रश्न उठाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka