Premier Cables
Premier Steel

विराटनगर

सुकुम्बासी बस्ती विवरण उपलब्ध गराउन मोरङ प्रशासनलाई सेनाको पत्र

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | बिहान १०:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । शिवदल गण, थलाहा व्यारेक मोरङ्गले जिल्लाका सुकुम्बासी बस्तीको विवरण उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

नेपाल सरकारको शासकीय सुधारको १०० बुँदे कार्यसूचीमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत तयार गर्ने, वास्तविक सुकुम्बासीहरुलाई चरणबद्ध रुपमा जग्गा उपलब्ध गराउने जस्ता विषयहरु समावेश भएअनुसार कार्यान्वयनको क्रममा रहेको जनाउँदै सेनाले प्रशासनलाई पत्राचार गरेको हो ।

बिज्ञापन

मोरङ्ग जिल्लामा रहेका अव्यवस्थित सुकुम्बासी बस्तीहरू सम्बन्धमा अद्यावधिक विवरण आवश्यक परेको हुँदा सो विवरण यथाशीघ्र चाँडो उपलब्ध गराई दिन शिवदल गणले अनुरोध गरेको छ ।

सेनाले लेखेको पत्रमा सुकुम्बासी बस्तीको स्थान, सुकुम्बासी बस्ती बसेको मिति, घरघुरी संख्या र बस्तीको पदाधिकारीको सम्पर्क नम्बर उपलब्ध गराई दिन पत्रमा उल्लेख गरेको छ । पत्र बैसाख १२ गते पठाइएको हो । यसको बोधार्थ जिल्ला प्रहरी कार्यालय मोरङलाई पनि दिइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa