Premier Cables
Premier Steel

समाचार

सुकुम्बासीको लगत सेनालाई नदिन पालिकाहरूलाई हर्क साम्पाङको आग्रह

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख १६, २०८३  | बिहान ९:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

धरान । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले सुकुम्बासीको लगत नेपाली सेनालाई उपलब्ध नगराउन देशभरका स्थानीय तहहरूलाई आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै साम्पाङले नेपाली सेना सुकुम्बासीको विवरण वा लगत माग्ने आधिकारिक निकाय नभएको बताएका छन्।

बिज्ञापन

उनले भनेका छन्, “सेनाले मागेको सुकुम्बासीको लगत कुनै पनि पालिकाले नदिनु होला। सुकुम्बासीको लगत माग्ने निकाय सेना र प्रहरी होइन। यो सरासर गलत छ। यसबाट आतंक सिर्जना गर्न खोजिएको हो।”

साम्पाङले सुकुम्बासी व्यवस्थापन नागरिक प्रशासन र स्थानीय सरकारको अधिकार क्षेत्रभित्र पर्ने उल्लेख गर्दै यस विषयमा सुरक्षा निकायलाई संलग्न गराउनु लोकतान्त्रिक मान्यताविपरीत हुने जिकिर गरेका छन्।

यसअघि पनि उनले सरकारबाट आउने लोकतन्त्रविरोधी र मानवताविरोधी आदेश पालना नगर्न सेना र प्रहरीलाई आग्रह गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka