Premier Cables
Premier Steel

राजनीति

कांग्रेस संसदीय दलको नेता चयन गर्ने प्रक्रिया आज टुंग्याउने तयारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख १३, २०८३  | अपराह्न १२:३३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चयन गर्ने प्रक्रिया आज टुंग्याउने तयारी गरिएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि कार्यदल गठन गरेको थियो। उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा बनेको उक्त कार्यदलमा अर्का उपसभापति पुष्पा भुसाल तथा महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहेका छन्। कार्यदललाई ७२ घण्टाको समय दिइएको छ।

बिज्ञापन

महामन्त्री पौडेलका अनुसार सर्वसम्मतिमा नेता चयन गर्ने प्रयास जारी छ। “हामी आजै टुंगो लगाउने प्रयासमा छौँ। यदि सहमति हुन सकेन भने भोलि निर्वाचन प्रक्रियामा जानेछौँ,” उनले बताए।

यसअघि तय गरिएको निर्वाचन कार्यतालिका स्थगन गरी सहमतिको वातावरण बनाउन कार्यदल गठन गरिएको हो।

संसदीय दलको नेताका लागि अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बे, मोहन आचार्य, बासना थापा र निश्कल राई आकांक्षी रहेका छन्। सांसद थापाका अनुसार हालसम्म कुनै पनि उम्मेदवार पछि हटेका छैनन् र सबैले आफ्नो दाबी कायम राखेका छन्।

प्रतिनिधिसभामा रहेका ६ दलमध्ये नेपाली कांग्रेसले मात्रै अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa