Premier Cables
Premier Steel

अपराध

मोरङमा ‘स्विप अपरेसन’, जिल्लाभर ७२ जना पक्राउ

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ११, २०८३  | अपराह्न १:४९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङ जिल्लामा लागू औषध कारोबार, असामाजिक गतिविधि तथा गुण्डागर्दीमा संलग्न ७२ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार चोरी, धम्की, गुण्डागर्दी तथा समाजमा अराजकता फैलाउने व्यक्तिहरूलाई नियन्त्रणमा लिन “स्वीप अप्रेसन” सञ्चालन गरिएको थियो। उक्त अभियान वैशाख १० गते बेलुकादेखि ११ गते बिहानसम्म जिल्लाभर सञ्चालन गरिएको हो।

बिज्ञापन

अभियानका क्रममा विभिन्न स्थानबाट लागू औषध बिक्री–वितरण तथा सेवनमा संलग्न, टोले गुण्डा, मादक पदार्थ सेवन गरी होहल्ला गर्ने तथा राति शंकास्पद रूपमा हिँडडुल गर्ने ७२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa