Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

हर्मुजमा इरानी बारूदी सुरूङ हटाउन ६ महिना लाग्न सक्ने अमेरिकी अनुमान

Hamro Biratnagar News Channel Calendar बिहिबार, बैशाख १०, २०८३  | बिहान १०:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इरान । अमेरिकाले स्ट्रेट अफ हर्मुज क्षेत्रमा इरानले बिछ्याएको बारूदी सुरूङ (माइन) हटाउन झण्डै ६ महिनासम्म लाग्न सक्ने आकलन गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले सांसदहरूलाई दिएको गोप्य ब्रिफिङमा यस्तो जानकारी प्रस्तुत गरिएको हो।

अमेरिकी सञ्चारमाध्यम एपी र दी वासिङ्टन पोस्टका अनुसार, इरानसँगको युद्धपछि अवरुद्ध बनेको हर्मुज जलमार्ग सफा गर्न लामो समय लाग्ने देखिएको छ। पेन्टागनका अधिकारीहरूले मंगलबार तल्लो सदनअन्तर्गतको हाउस आर्म्ड सर्भिसेस कमिटीलाई ब्रिफिङ गर्दै हर्मुज क्षेत्रमा २० वा सोभन्दा बढी बारूदी सुरूङ बिछ्याइएको हुनसक्ने बताएका थिए।

बिज्ञापन

ती सुरूङहरू हटाउन महिनौं लाग्न सक्ने र जीपीएस प्रविधिबाट टाढैबाट सञ्चालन गर्न मिल्ने भएकाले तिनको पहिचान र निष्क्रिय पार्न अझ जटिल हुने बताइएको छ। केही सुरूङ साना डुंगामार्फत समुद्रमा राखिएको हुनसक्ने पनि जनाइएको छ।

ब्रिफिङपछि सांसदहरूले युद्धको लागत, रणनीति र उद्देश्यबारे थप चासो व्यक्त गरेका छन्।

यसअघि डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत अमेरिकी नौसेनाले हर्मुजमा इरानका बारूदी सुरूङ हटाइरहेको र इरान स्वयं पनि त्यसमा संलग्न रहेको दाबी गरेका थिए। तर पेन्टागनको पछिल्लो मूल्यांकनले उक्त दाबीमाथि प्रश्न उठाएको छ।

हर्मुज जलमार्ग विश्व ऊर्जा आपूर्तिको करिब २० प्रतिशत तेल–ग्यास ओसारपसार हुने मुख्य मार्ग भएकाले, सुरूङ हटाउन ढिलाइ हुँदा युद्ध सकिएपछि पनि यसको आर्थिक असर लामो समयसम्म रहने अनुमान गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka