Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानी आक्रमणपछि दुबई विमानस्थल बन्द

Hamro Biratnagar News Channel Calendar सोमबार, चैत्र ०२, २०८२  | बिहान १०:१७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्थायी रूपमा बन्द गरिएको छ। दुबईका अधिकारीहरूले यात्रु तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै सावधानीका रूपमा उडान सेवा स्थगित गरिएको बताएका छन्।

यसअघि विमानस्थल नजिकै लागेको आगो नियन्त्रणका लागि प्रयास जारी रहेको जानकारी दिइएको थियो। दुबई मिडिया अफिसका अनुसार सोमबार भएको ड्रोन आक्रमणपछि विमानस्थल नजिकै रहेको इन्धन भण्डारण ट्याङ्कीमा आगलागी भएको हो।

फेब्रुअरीको अन्त्यतिर सुरु भएको अमेरिका–इजरायल र इरानबीचको युद्धपछि दुबई अन्तर्राष्ट्रिय विमानस्थल यात्रु आवागमनका हिसाबले विश्वकै सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक बनेको थियो। बीबीसीका अनुसार सन् २०२५ मा मात्रै यहाँ करिब नौ करोड यात्रुले यात्रा गरेका थिए।

फेब्रुअरी २८ देखि सुरु भएको उक्त युद्धपछि खाडी क्षेत्रमा मिसाइल र ड्रोन आक्रमणको क्रम तीव्र बनेको छ। त्यसयता खाडी क्षेत्रका अरब राष्ट्रहरूले दुई हजारभन्दा बढी मिसाइल तथा ड्रोन आक्रमणको सामना गरिसकेको बताइएको छ।

यी आक्रमणका लक्ष्यमा अमेरिकी कूटनीतिक नियोग र सैन्य अड्डामात्र नभई तेल पूर्वाधार, बन्दरगाह, विमानस्थल, होटल तथा आवासीय र कार्यालय भवनहरू समेत परेका छन्।

सन् २०२० मा इजरायलसँग कूटनीतिक सम्बन्ध सामान्यीकरण गरेको संयुक्त अरब इमिरेट्स (यूएई)मा यस्ता आक्रमणको प्रभाव बढी परेको बताइएको छ। यद्यपि खाडी क्षेत्रका अन्य अरब राष्ट्रहरू पनि यसबाट प्रभावित भएका छन् र उनीहरूले इरानको आलोचना गरेका छन्।

*** समाप्त ***
dps ad
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka