Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिका-इरान युद्धविराम गराउन कसरी सफल भयो पाकिस्तान ?

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र २५, २०८२  | अपराह्न १२:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । अमेरिका र इरानबीच दुई साताका लागि भएको युद्धविराम घोषणा हुनुअघि पाकिस्तानले दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको खुलासा भएको छ।

बीबीसीसँग कुरा गर्दै एक पाकिस्तानी स्रोतले नाम नखुलाउने सर्तमा वार्ता तीव्र गतिमा अगाडि बढिरहेको र पाकिस्तानले दुवै देशबीच सन्देश आदानप्रदान गरिरहेको बताएका छन्। उनका अनुसार वार्तामा संलग्न टोली निकै सानो दायराको थियो र वातावरण गम्भीर भए पनि आशावादी थियो।

बिज्ञापन

पछिल्ला केही हप्तादेखि पाकिस्तानले इरान र अमेरिकाबीच सन्देश आदानप्रदान गर्दै आएको छ। इरानसँगको ऐतिहासिक सम्बन्ध, साझा सीमा र ‘भाइचाराको सम्बन्ध’का कारण पाकिस्तानले यो भूमिका सहज रूपमा निर्वाह गरेको बीबीसीले जनाएको छ ।

अमेरिकासँगको सम्बन्धमा भने राष्ट्रपति डोनाल्ड ट्रम्पले पाकिस्तानका सेना प्रमुख फिल्ड मार्शल आसिम मुनीरलाई आफ्नो ‘मनपर्ने’ सैन्य अधिकारी भन्दै इरानबारे राम्रो जानकारी भएको व्यक्तिका रूपमा चित्रण गरेका छन्।

युद्धविरामबारे सहमति भने अन्तिम समयसम्म अनिश्चित नै थियो। पाकिस्तानका परराष्ट्रमन्त्री इशाक डारले संसदमा बोल्दै प्रारम्भमा सकारात्मक संकेत देखिए पनि इसराइलले इरानमाथि आक्रमण गरेपछि र इरानले साउदी अरेबियामाथि जवाफी हमला गरेपछि अवस्था जटिल बनेको बताएका थिए।

सेना प्रमुख आसिम मुनीरले साउदी अरेबियामाथिको आक्रमणले शान्तिपूर्ण समाधानका प्रयासलाई कमजोर बनाएको टिप्पणी गरेका थिए। यसलाई इरानप्रति पाकिस्तानले दिएको कडा सन्देशका रूपमा विश्लेषण गरिएको छ।

यसैबीच, पाकिस्तानका प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत कूटनीतिक प्रयास सकारात्मक दिशामा अघि बढिरहेको उल्लेख गर्दै राष्ट्रपति ट्रम्पलाई दुई साताको समयसीमा बढाउन र इरानलाई हर्मुज जलडमरूमध्य खोल्न आग्रह गरेका थिए।

स्थानीय समयअनुसार बिहान करिब ३ बजे पाकिस्तानका लागि इरानी राजदूत रेजा अमीरी मोगद्दमले वार्तामा संवेदनशील चरण पार गर्दै केही प्रगति भएको जनाएका थिए।

पछि बिहान ५ बज्नुअघि पाकिस्तानका प्रधानमन्त्रीले युद्धविराममा सहमति भएको घोषणा गर्दै दुवै पक्षलाई अप्रिल १० मा इस्लामाबादमा थप वार्ताका लागि आमन्त्रण गरेका छन्।

यद्यपि, स्रोतका अनुसार दुवै पक्षबीच अझै विश्वासको अभाव रहेको र अवस्था नाजुक नै रहेकाले दीर्घकालीन सहमति हुन चुनौतीपूर्ण देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka