Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिका-इरान युद्धविरामः लेबनानमा भने इसराइलको आक्रमण जारी

Hamro Biratnagar News Channel Calendar बुधबार, चैत्र २५, २०८२  | बिहान ११:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिका र इरानबीच भएको युद्धविराम सम्झौताप्रति इसराइलले समर्थन जनाउँदै आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ। युद्धविराम घोषणा भएको केही घन्टापछि इसराइली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूको कार्यालयले प्रतिक्रिया दिएको हो।

नेतन्याहूको कार्यालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने आक्रमण दुई साताका लागि रोक्ने निर्णयलाई समर्थन गरेको जनाएको छ। साथै, उक्त युद्धविरामको सर्तअनुसार इरानले तत्काल जलमार्ग खोल्नुपर्ने र अमेरिका, इसराइल तथा क्षेत्रीय देशहरूमाथि हुने सबै आक्रमण बन्द गर्नुपर्ने उल्लेख गरिएको छ।

बिज्ञापन

तर इसराइलले स्पष्ट रूपमा यो दुई साता लामो युद्धविराममा लेबनन समावेश नहुने जनाएको छ। यसअघि पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले भने उक्त सहमतिमा लेबनन पनि समेटिएको दाबी गरेका थिए। यस विषयमा अमेरिकाले हालसम्म आधिकारिक धारणा सार्वजनिक गरेको छैन।

युद्धविराम घोषणा भइसकेपछि पनि इसराइलले लेबननमा आक्रमण जारी राखेको अमेरिकी समाचार संस्था एशोसिएटेड प्रेसले जनाएको छ।

यसअघि फेब्रुअरी २८ मा इसराइल र अमेरिकाले संयुक्त रूपमा इरानमा हमला गर्दा त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको थियो। त्यसपछि लेबननस्थित हिजबुल्लाह समूहले इसराइलमाथि आक्रमण थालेको थियो।

उक्त घटनापछि इसराइलले लेबननमा निरन्तर आक्रमण गर्दै आएको छ, जसका कारण ठूलो भौतिक क्षति भएको जनाइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka