विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनीसंग नविन रिजाल प्रतिस्पर्धाया थिए ।
राउतले कुल १४२ मत प्राप्त गर्दा रिजालले ५८ मत मात्र पाए। आठ वर्षअघि मोरङ व्यापार संघको कार्यकारिणी सदस्य निर्वाचनमा भोगेको हारको बदला राउतले यस पटक लिएका छन्। तीन वर्षअघि झापामा निर्विरोध चयन भएका राउतलाई यसपटक भने प्रतिस्पर्धाको सामना गर्नुपरेको थियो।
मत परिणामअनुसार, वस्तुगततर्फ राउतले ११ मत र रिजालले ६ मत पाए। जिल्ला-नगर संघतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत पाए भने एसोसिएटतर्फ राउतले १०७ मत प्राप्त गर्दा रिजालले ३९ मतमा सीमित भए।
राउतको समूहबाट जिल्ला-नगर उपाध्यक्षमा झापाका ऋषीराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रविन दाहाल निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल पनि निर्विरोध चयन भए। एसोसिएट सदस्यतर्फ देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
यसैगरी जिल्ला-नगर सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुंगाना, राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नविनकुमार चौधरी विजयी भएका छन्। वस्तुगततर्फ सुवास आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन्।
महासंघको नेतृत्व चयनका लागि कुल २०५ मतदाताले मतदान गरेका थिए, जसमा जिल्ला–नगर संघबाट ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटतर्फ १४८ मतदाता सहभागी थिए।
