Premier Cables
Premier Steel

अर्थ विराटनगर

एफएनसिसीआई कोशी: अन्य पदका निर्विरोध, अध्यक्षमा निर्वाचन

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २२, २०८२  | राती ९:१६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ।

आइतबार साँझ ८ बजेदेखि मतदान सुरु भएको कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिएका छन्।

बिज्ञापन

यसपटक अध्यक्ष पदका लागि विराटनगरका दुई चर्चित उद्योगी—राजेन्द्र राउत र नविन रिजाल-बीच प्रतिस्पर्धा भइरहेको छ। अन्य पदहरू भने निर्विरोध चयन भएका छन्।

पाँच पदाधिकारीमध्ये अध्यक्ष बाहेकका सबै पदमा निर्विरोध चयन भइसकेको छ। तीन उपाध्यक्ष, एक कोषाध्यक्ष र दुई सदस्य राजेन्द्र राउत पक्षबाट निर्विरोध बनेका हुन्।

निर्वाचन समितिका अनुसार जिल्ला/नगर उपाध्यक्षमा झापाको धुलाबारीका ऋषिराज तिम्सिना, वस्तुगत उपाध्यक्षमा विराटनगरका राजन श्रेष्ठ र एसोसिएट उपाध्यक्षमा रविन दाहाल निर्विरोध चयन भएका छन्। त्यसैगरी कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल निर्विरोध बनेका छन्। एसोसिएट सदस्यतर्फ देवकीनन्दन अग्रवाल र भविषकुमार श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन्।

महासंघ कोशी प्रदेश समितिको नेतृत्व चयनका लागि कुल २०५ मतदाता सहभागी छन्, जसमा जिल्ला/नगरतर्फ ३८, वस्तुगत संघसंस्थाबाट १९ र एसोसिएटतर्फ १४८ मतदाता रहेका छन्।

यो निर्वाचनमार्फत १ अध्यक्ष, ३ उपाध्यक्ष, १ कोषाध्यक्ष र विभिन्न समूहबाट ९ सदस्य गरी १४ सदस्यीय प्रदेश समिति चयन गरिनेछ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka