Premier Cables
Premier Steel

अर्थ

एफएनसीसीआई कोसीद्वारा जिल्ला प्रशासन मोरङलाई १० थान कम्प्युटर र रंग सहयोग

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०५, २०८२  | साँझ ५:४४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जेन–जि आन्दोलनका क्रममा उत्पन्न परिस्थितिका कारण भएको तोडफोड, आगजनी र लुटपाटबाट जिल्ला प्रशासन कार्यालय, मोरङको भौतिक संरचना ध्वस्त भएपछि सेवा प्रवाहमा गम्भीर समस्या उत्पन्न भएको छ।

यसै सन्दर्भमा, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतको पहलमा कार्यालयलाई १० थान कम्प्युटर सहयोगस्वरूप उपलब्ध गराइएको छ।

विज्ञापन

आज उक्त कम्प्युटरहरू महासंघका कार्यकारी निर्देशक राधारमण भण्डारी (श्याम) ले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई औपचारिक रुपमा हस्तान्तरण गरे ।

त्यसैगरी, आगलागीबाट क्षतिग्रस्त भवनको पुनःरङरोगनका लागि एशियन पेन्ट्स कम्पनीबाट ३०० लिटर रंग सहयोगस्वरूप प्राप्त भएकोमा धन्यवाद ज्ञापन गर्दै, सो रङरोगनका लागि आवश्यक खर्चसमेत महासंघद्वारा व्यहोर्ने व्यवस्था गरिएको जानकारी दिइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka