२०८२ जेठ १२, सोमबार
Premier Cables

राष्ट्रिय समाचार

बालेनको सचिवालयले सोध्यो प्रवक्ता मानन्धरलाई स्पष्टीकरण

मेयर बालेनले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन सकेका छैनन् । २०८१ चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरुले बालेनलाई ज्ञापनपत्र बुझाएका थिए ।

सबिन रोका Calendar आइतबार, जेठ ११, २०८२  | अपराह्न १२:३५ बजे

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन ) को सचिवालयले वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरलाई स्पष्टीकरण सोधेको छ । उनी तथा महानगरका प्रवक्ता समेत हुन ।

बिज्ञापन

बालेन नजिक रहेका काठमाडौं महानगरका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई स्पष्टीकरण सोधिएलगत्तै मानन्धरलाई पनि सोधिएको हो । अभिव्यक्ति स्वतन्त्रताको सीमाभन्दा बाहिर रहेर व्यक्तिगत चरित्र हत्या, सामाजिक प्रतिष्ठामा गम्भीर आँच पुर्‍याउने कार्य गरेको भन्दै स्पष्टीकरण सोधिएको हो ।

बिज्ञापन

मेयर बालेनले पाँच महिनादेखि कार्यपालिका बैठक बोलाउन सकेका छैनन् । २०८१ चैत १० गते कार्यपालिका माग गर्दै कांग्रेसबाट निर्वाचित सबै वडाध्यक्षहरुले बालेनलाई ज्ञापनपत्र बुझाएका थिए । मानन्धरलगायतका वडाध्यक्षहरुले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गराउने क्रममा मुख्य भूमिका खेलेका थिए ।

वडाध्यक्षहरुले बालेनको एकल निर्णयले महानगर नचल्ने भन्दै विरोध गर्दै आएका छन् । यसअघि प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले नगरप्रहरी प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।

*** समाप्त ***
ताजा समाचार
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो