Premier Cables
Premier Steel

समाचार

फेल भएकालाई पास गरेपछि यातायात कार्यालय इटहरीका प्रमुख मन्त्रालयमा तानिए

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र १५, २०८२  | साँझ ५:०६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सुनसरीको इटहरीस्थित यातायात व्यवस्था कार्यालयका  प्रमुख सतिस सत्याल काममा कैफियत गरेको आरोपमा मन्त्रालयमा फिर्ता तानिएका छन् ।

सत्यालले सवारी चालक अनुमतिपत्र लिन स्वास्थ्य परीक्षण गर्दा अनुत्तीर्णलाई उत्तीर्ण गराएको पाइएको हो ‌ । आन्तरिक मामिला मन्त्रालयलका सचिव आस्मान तामाङको नेतृत्वको टोलीले गरेको अनुगमनका क्रममा अनुत्तीर्णलाई उत्तीर्ण गराएको पाइएको हो ।

बिज्ञापन

स्वास्थ्य परीक्षणमा फेल भएकाहरूलाई पास गराएको पाइएपछि सत्याललाई कारबाही स्वरूप मन्त्रालय तानिएको आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए । उनले भने,”लिखित र मौखिक रूपमा गुनासो आएपछि मन्त्रालयबाट अनुगमन भएको हो ।”यसबारे थप अनुसन्धान भइरहेको मन्त्री पराजुलीले बताए ।

यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य जाँचका विषयमा सेवा ग्राहीसँग आर्थिक लाभ लिने गरेको गुनासो समेत आएको र यस विषयमा गम्भीर रुपमा कदम चालिएको मन्त्री पराजुलीले जानकारी दिए ।

गत साउन महिनाबाट मन्त्रालय आफैले स्वास्थ्य परीक्षण गर्न चिकित्सक नियुक्त गर्ने व्यवस्था भएको थियो ।

सत्यालले यातायात व्यवस्था कार्यालयमा स्वास्थ्य परीक्षणको समस्या पुरानै र दीर्घकालीन भएको भन्दै त्यसलाई सुधार गर्न लाग्दा आफूविरुद्ध आरोप लगाइएको बताएका छन्। सेवा ग्राहीलाई असहज नहोस् भन्ने उद्देश्यले आफूले पुनः परीक्षण (री-चेक) गर्न सुझाव दिने गरेको उनले स्पष्ट पारे।

उनका अनुसार स्वास्थ्य परीक्षणमा असफल भएका सेवाग्राहीहरू प्रायः उनीकहाँ आउने गर्थे र उनीहरूलाई पुनः जाँच गरिदिनु भन्ने आधारमा आफूलाई आरोप लगाइएको हो।

उनले आफूले कुनै पनि प्रकारको आर्थिक लाभ नलिएको दाबी गर्दै छानबिनबाट वास्तविकता बाहिर आउने विश्वास व्यक्त गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka