Premier Cables

राजनीति

रास्वापबाट मन्त्री हुनेको नाम टुंगिन लाग्यो

नोट: यो समाचार ५ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | अपराह्न ३:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । रास्वपा बालेन शाह नेतृत्वको नयाँ सरकार गठनको तयारीमा जुट्दै मन्त्री छनोटको अन्तिम चरणमा पुगेको छ। पार्टी स्रोतका अनुसार केही मन्त्रालयको जिम्मेवारी टुंगो लागिसकेको छ भने बाँकी व्यक्तिहरूसँग सभापति रवि लामिछाने अन्तिम छलफलमा छन्।

बालेन शाहले यही चैत १३ गते प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन्। सोही दिन सानो आकारको मन्त्रिपरिषद गठन गर्ने योजना रहेको बताइएको छ।

विज्ञापन

हाल १५ देखि १८ सदस्यीय मन्त्रिपरिषद बनाउनेबारे छलफल भइरहेको छ। चुनावी वाचापत्रअनुसार मन्त्रालय संख्या १८ मा सीमित राख्ने प्रतिबद्धताका कारण त्यसभन्दा ठूलो मन्त्रिपरिषद नबनाउनेतर्फ पार्टी केन्द्रित देखिएको छ।

केही मन्त्रालय गाभेर मन्त्रिपरिषद सानो बनाउने तयारी भइरहेको र मन्त्रीमा अप्रत्याशित नामसमेत आउन सक्ने एक नेताले बताएका छन्।

यस्तै, पार्टी सञ्चालनका लागि आवश्यक टिम व्यवस्थापन गर्न केही सचिवालय तहका नेताहरूलाई ‘रिजर्भ’मा राख्ने योजना पनि रास्वपाले बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka