Premier Cables
Premier Steel

विराटनगर

आमाको माया छात्रावासमा अध्ययन टेबल हस्तान्तरण

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०८, २०८२  | बिहान १०:१२ बजे
Hamro Biratnagar Headlines

विराटनगर । रोटरी क्लब अफ विराटनगर डाउनटाउनले सामाजिक उत्तरदायित्वअन्तर्गत एक महत्वपूर्ण सहयोग कार्यक्रम सम्पन्न गरेको छ। क्लबले आमा को माया छात्रावासमा अध्ययनरत आदिवासी समुदायका बालबालिकाहरूका लागि ३० वटा अध्ययन टेबल हस्तान्तरण गरेको छ।

यसै क्रममा, क्लबले आफ्नो सेरेब्रल पाल्सी डे–केयर सेन्टरमा समेत २ वटा अध्ययन टेबल सहयोग गरेको जनाएको छ।

बिज्ञापन

कार्यक्रममा क्लबकी अध्यक्ष रोटेरियन गिरिजा सरडा ले आदिवासी समुदायका यी बालबालिकाहरूले सीमित स्रोतसाधनका बाबजुद पनि गरेको प्रगति र सिकाइप्रति खुशी व्यक्त गर्दै, यस्ता सहयोगले उनीहरूको शैक्षिक यात्रामा थप सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा क्लबकी पूर्व अध्यक्ष रोटेरियन दीप्ति तोडी, सचिव रोटेरियन पूनम राठी तथा सदस्य निधि राठीको उपस्थिति रहेको थियो।

क्लबले आगामी दिनहरूमा पनि शिक्षा तथा सामाजिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka