Premier Cables

राजनीति

गगन थापाले दिए राजीनामा

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | बिहान ८:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली कांग्रेसका सभापति गगन थापाले आफ्नो पदबाट राजीनामा दिएका छन्। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीसहित आफू पनि पराजित भएपछि उनले उक्त निर्णय लिएका हुन्।

थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई आफ्नो राजीनामा बुझाएका छन्।

विज्ञापन

यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए, जहाँ उनी रास्वपाका डा. अमरेशकुमार सिंहसँग पराजित भए।

निर्वाचनमा रास्वपाले झन्डै दुई तिहाइ सिट जित्दा कांग्रेस दोस्रो स्थानमा सीमित रह्यो। कांग्रेसले प्रत्यक्षतर्फ १८ र समानुपातिकतर्फ २० गरी कुल ३८ सिट मात्र हासिल गरेको छ।

निर्वाचन परिणामपछि थापाले राजीनामाको तयारी गरेका थिए, तर पार्टीका विभिन्न तहका नेताहरूले उनलाई यस्तो निर्णय नगर्न सुझाव र दबाब दिँदै आएका थिए।

उनी निर्वाचनअघि सम्पन्न विशेष महाधिवेशनबाट सर्वसम्मत रूपमा सभापति चयन भएका थिए। थापाको राजीनामाबारे अन्तिम निर्णय पार्टीको शुक्रबार बस्ने बैठकले गर्नेछ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka