Premier Cables
Premier Steel

राजनीति

लोकतन्त्रको अनुभव जनतालाई हुनुपर्छ: गगन थापा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख ११, २०८३  | बिहान ९:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले लोकतान्त्रिक संघर्षबाट प्राप्त उपलब्धिहरूलाई केवल इतिहासको अंशमा सीमित नगर्नुपर्ने बताएका छन्। शुक्रबार (वैशाख ११) लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै सभापति थापाले जनजीवनमा प्रत्यक्ष अनुभव हुने व्यवस्था निर्माण गर्नु सबैको साझा दायित्व भएको बताए।

“आजको वास्तविकता यसरी छ कि, अपेक्षाहरू र उपलब्धिहरू बीचको दूरी घटाउन सकेको छैन। तर, यसको समाधान लोकतन्त्रको विकल्पमा होइन, बरु अझ सुदृढ, उत्तरदायी र जनमुखी लोकतन्त्रमा छ,” उनले भने।

बिज्ञापन

सभापति थापाले संविधानको मूल भावना अनुसार कार्य गर्दै सुशासन र विकासमार्फत जनताको विश्वास जित्नु अहिलेको प्रमुख आवश्यकता रहेको पनि उल्लेख गरेका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka