Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इरानको चेतावनीः ऊर्जा पूर्वाधारमा आक्रमण भए खाडी क्षेत्रका तेल तथा ग्यास संरचनाहरू ध्वस्त गर्छौं

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०१, २०८२  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines

तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोरले आफ्नो ऊर्जा पूर्वाधार र बन्दरगाहमा आक्रमण भए खाडी क्षेत्रका तेल तथा ग्यास संरचनाहरू ध्वस्त पारिदिने चेतावनी दिएको छ।

आधिकारिक सञ्चारमाध्यम आईआरआईबीका अनुसार उक्त निकायले अमेरिका र उसका सहयोगीलाई कुनै पनि सानो आक्रमणको समेत विनाशकारी प्रतिक्रिया दिइने स्पष्ट पारेको हो।

बिज्ञापन

यसैबीच इरानले हर्मुज जलसन्धिमा अन्तर्राष्ट्रिय जहाजहरूलाई निशाना बनाउँदै विश्वव्यापी ऊर्जा आपूर्तिमा अवरोध पुर्‍याउन थालेको बताइएको छ। अमेरिकी सेन्ट्रल कमान्डका अनुसार युद्ध सुरु भएयता अमेरिकाले इरानका पाँच हजार पाँच सयभन्दा बढी लक्ष्यमा प्रहार गरिसकेको छ।

इरानी सुरक्षा अधिकारी अली लारिजानीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको छिटो जित हुने दाबी अस्वीकार गर्दै युद्ध सामाजिक सञ्जालमा लेखेर नभई मैदानमा जितिने र इरान पछि नहट्ने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka