Premier Cables
Premier Steel

अर्थ

२४ लाख ८२ हजार ७७२ यात्रु उडाएर बिदा भयो बुद्धको एटीआर

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २८, २०८२  | अपराह्न १२:५० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । बुद्ध एयरले पूर्ण क्षमता पूरा गरेको आफ्नो एटीआर-७२ जहाजलाई औपचारिक रूपमा बिदाइ गरेको छ । कल साइन ९एन-एजेओ रहेको उक्त जहाजले लामो समय नेपाली आकाशमा सेवा दिएपछि अवकाश पाएको हो ।

एटीआर–७२ विमानको अधिकतम उडान क्षमता ७२ हजार ‘साइकल’ हुन्छ । ‘साइकल’ भन्नाले एकपटक उडान र एकपटक अवतरणलाई जनाइन्छ ।

२ जुलाई २०१० देखि व्यावसायिक उडान सुरु गरेको यो जहाजले ९ मार्च २०२६ मा भैरहवाबाट काठमाडौंसम्म अन्तिम उडान भरेको थियो । करिब १६ वर्षको सेवाअवधिमा यस विमानले २४ लाख ८२ हजार ७७२ यात्रुलाई गन्तव्यसम्म पुर्‍याएको कम्पनीले जनाएको छ ।

बिदाइ कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले उक्त जहाजले नेपालको हवाई यात्रालाई सहज, किफायती र वातावरणमैत्री बनाउन महत्वपूर्ण योगदान दिएको बताए । उनका अनुसार यस विमानले कम्पनीको बजार विस्तार र प्रतिष्ठा बढाउन ठूलो भूमिका खेलेको छ । साथै एटीआर जहाजको पूर्ण आयु सञ्चालन गर्ने उपलब्धि पनि बुद्ध एयरले हासिल गरेको उनले उल्लेख गरे ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक टेकनाथ सिटौलाले बुद्ध एयरको हवाई सुरक्षाप्रतिको प्रतिबद्धता, उत्कृष्ट मर्मत-सम्भार र व्यवस्थापनका कारण जहाजलाई सफलतापूर्वक दीर्घकालीन सेवा दिन सम्भव भएको बताए ।

एटीआर कम्पनीका वरिष्ठ उपाध्यक्ष स्टेफानो माराज्जनीले पनि बुद्ध एयरसँगको सहकार्यप्रति खुशी व्यक्त गर्दै उक्त विमान सुरक्षित रूपमा अन्तिम उडानसम्म सेवा दिन सफल भएको बताए । यसले बुद्ध एयरको उच्च सुरक्षा प्रतिबद्धता प्रमाणित गरेको उनको भनाइ थियो ।

यसअघि बुद्ध एयरले १० सेप्टेम्बर २०२४ मा एटीआर–४२ विमानलाई पनि अवकाश दिएको थियो । हाल कम्पनीले देशभित्र विभिन्न गन्तव्यमा उडान सञ्चालन गरिरहेको छ । पोखराबाट सिधा नेपालगञ्ज, भैरहवा र भरतपुर उडान सञ्चालन भइरहेको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ भारतको वाराणसी र कोलकातामा पनि सेवा दिइरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka