Premier Cables
Premier Steel

राष्ट्रिय

भक्तपुर-२ को परिणाम स्वीकार्दै महेश बस्नेतले दिए विजयी खत्रीलाई बधाई

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | अपराह्न २:०५ बजे
Hamro Biratnagar Headlines

भक्तपुर । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट चुनाव लडेका उम्मेदवारले यसपटकको निर्वाचन परिणाम आफ्नो पक्षमा नआएको भन्दै जनताको निर्णयलाई सम्मानपूर्वक स्वीकार गर्ने बताएका छन्।

उनले लोकतन्त्रमा जनताको निर्णय नै सर्वोपरि हुने उल्लेख गर्दै विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजिव खत्रीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

साथै, सूर्य चिन्हमा मतदान गरी आफूलाई विश्वास गर्ने सम्पूर्ण मतदाता दाजुभाइ तथा दिदीबहिनी तथा चुनावी अभियानमा दिनरात खटिने पार्टीका नेता–कार्यकर्ताप्रति उनले हार्दिक कृतज्ञता व्यक्त गरेका छन्।

राजनीतिमा हार–जित स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले जनताको सेवा गर्ने प्रतिबद्धता कहिल्यै नहार्ने बताएका छन्। अब आफूहरू रचनात्मक प्रतिपक्षको भूमिकामा रहने र शिक्षा, स्वास्थ्य, रोजगारी, भ्रष्टाचारमुक्त सुशासन तथा समृद्ध समाज निर्माणका लागि सदन बाहिरबाट पनि निरन्तर आवाज उठाइरहने प्रतिबद्धता जनाएका छन्।

उनले जनताको विश्वास, माया र साथ नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै बाँकी जीवन पनि जनताको सेवा, हित र समृद्ध भक्तपुर निर्माणमा समर्पित रहने बताएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka