Premier Cables
Premier Steel

राजनीति

मलाई मसी छ्याप्नु लोकतन्त्रकै उपहासः महेश बस्नेत

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर ०७, २०८२  | अपराह्न १२:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अलोकतान्त्रिक सरकारले समर्थन गरेका व्यक्तिहरूले अलोकतान्त्रिक र अराजनीतिक गतिविधि गर्दै आएको बताएका छन्। उनी विराटनगर विमानस्थलबाट बाहिरिने क्रममा जेनजी युवाले उनी सवार गाडीमाथि रातो मसी छ्यापेका थिए ।

सुनसरीमा आयोजना गरिएको युवा संघको कोशी जागरणसभामा सहभागी हुन गइरहेका बस्नेतमाथि दुई युवाले गाडी रोकेर बेलुनमा भरिएको रातो मसी छ्यापेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

बिज्ञापन

बस्नेतले भने, “सरकार अलोकतान्त्रिक भएकाले यिनीहरूले पक्षपोषण गरेका व्यक्तिहरू पनि अलोकतान्त्रिक र अराजनीतिक गतिविधिमा लागेका छन्। यस्ता गतिविधि लोकतन्त्रको उपहास हुन्।”

उनले फरक विचार भए शान्तिपूर्ण तरिकाले व्यक्त गर्नुपर्नेमा जोड दिँदै थपे, “हाम्रो विरोधमा भाषण गर, नारा लगाऊ। तर ढुंगा हान्ने वा बाटो छेक्ने काम राम्रो होइन। केही कुरा छन् भने शान्तिपूर्ण कार्यक्रम गरेर राखे हुन्छ। आज हामी कार्यक्रम गर्दैछौं। विरोध गर्न मन छ भने भोलि त्यही ठाउँमा शान्तिपूर्ण सभा गरेर गर्न सकिन्छ। ढुंगा हान्नुपर्दैन।”

२३–२४ भदौको आन्दोलन यता जेन–जी युवाप्रति आक्रामक देखिएका घटनाबारे बस्नेतले पञ्चायत, शाहीकाल र माओवादीकालको अनुभव समेत सम्झँदै प्रतिक्रिया दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka