Premier Cables
Premier Steel

कोशी प्रदेश

मोरङमा आज रातिदेखि नै मतगणना शुरु गर्ने तयारी

Hamro Biratnagar News Channel Calendar बिहिबार, फाल्गुण २१, २०८२  | अपराह्न ३:५८ बजे
Hamro Biratnagar Headlines

विराटनगर । प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका निम्त्ति मोरङमा मतदान जारी छ । कोशी प्रदेश निर्वाचन कार्यालयका अनुसार अहिले पनि मतदान जारी छ ।

आयोगको अनुमान अनुसार मोरङमा ६५ प्रतिशतसम्म मत खस्ने अनुमान छ । मतदान सकिएपछि सम्बन्धित मतदान केन्द्रबाट मुचुल्का लगायत कार्य सकेर मत पेटिका संकलनको काम हुनेछ । कार्यालयका अनुसार आज राति देखि नै मत गणना गर्ने तयारी छ ।

कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रदेश निर्वाचन अधिकारी चोलाराज दङ्गालले सर्वदलीय बैठक बसेर आज रातिबाटै मतगणना सुरु गर्ने तयारी गरेका बताए । मतगणना सम्बन्धित निर्वाचन क्षेत्रमै मत गणना हुनेछ ।

मोरङमा भने कुल ७ लाख ८३ हजार ५० मतदाता रहेका छन् । जसमा हालसम्म ४ लाख ३० हजार बढीले मतदान गरिसकेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka