काठमाडौं । इजरायलको राजधानी तेल अभिभस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई इजरायल सरकारले जारी गरेका सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्न आग्रह गरेको छ ।
नेपाली दूतावासले शनिबार एक एड्भाइजरी जारी गर्दै उक्त अनुरोध गरेको हो । अमेरिका र इजरायलले संयुक्तरुपमा शनिबार बिहान इराजनमाथि आक्रमण गरेपछि दूतावासले एड्भाइजरी जारी गर्दै त्यहाँ रहेका नेपालीलाई सतर्क रहन अनुरोध गरेको हो ।
“इजरायली अधिकारीहरू र होम फ्रन्ट कमान्डद्वारा जारी सुरक्षा सल्लाह र निर्देशनहरूको कडाइका साथ पालना गर्नुहोस्,” दूतावासले भनेको छ, “सकेसम्म घर भित्रै बस्नुहोस्, सतर्क रहनुहोस् । उचित सावधानी अपनाउनुहोस् र नेपाली समुदायसँग नियमित सम्पर्क राख्नुहोस् ।”
नेपाली दूतावासले यात्रा गर्नै परे इजरायलका सम्बन्धित अधिकारीहरूबाट पूर्वअनुमति लिएर मात्र गर्न अनुरोध गरेको छ ।
इजरायलमा रहेका नेपालीलाई समस्या परेमा दूतावासको टेलिफो नं. +९७२–५४५५८२०७७ मा सम्पर्क गर्न भनिएको छ ।
