Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

इजरायली हवाई आक्रमणमा गाजामा ६१ को मृत्यु, १६ क्षेत्र खाली गर्न आदेश

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | साँझ ४:४० बजे
Hamro Biratnagar Headlines

काठमाडौं । इजरायली आक्रमणबाट गाजामा कम्तीमा ६१ प्यालेस्टिनीको ज्यान गएको छ। मृतकमा राहतको खोजीमा रहेका दुई जना पनि छन्।

मंगलबार उत्तर गाजाको शाती शरणार्थी शिविरमा इजरायली हवाई आक्रमण हुँदा कम्तीमा २३ जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका हुन्। दक्षिण गाजाको राफाहको उत्तरतर्फ राहत वितरण स्थल नजिक गरिएको अर्को आक्रमणमा दुई महिलाको ज्यान गएको छ भने ३० जना घाइते भएका छन्।

बिज्ञापन

संयुक्त राष्ट्रसंघका अनुसार मे महिनाको अन्त्यदेखि अहिलेसम्म गाजामा राहत लिन खोज्दा कम्तीमा ८ सय ७५ जनाको मृत्यु भइसकेको छ। यसअघि, प्यालेस्टिनी सिभिल डिफेन्सले बिहानैदेखि उत्तर गाजामा इजरायली आक्रमणपछि कम्तीमा १८ जनाको शव र धेरै घाइतेलाई उद्धार गरिएको जनाएको छ।

यसैबीच, इजरायली सेनाले उत्तर गाजाको १६ वटा क्षेत्रका बासिन्दालाई जबरजस्ती स्थानान्तरण हुन आदेश दिएको छ। यस आदेशको प्रभाव परेको क्षेत्रमा जबालिया पनि पर्छ । त्यहाँका मानिसहरू त्रास र आत्तिएको अवस्थामा भागिरहेका छन् ।

यता संयुक्त राष्ट्रसंघीय निकायले गाजामा बालबालिकामा कुपोषण दर दिन प्रतिदिन बढ्दै गएको चेतावनी दिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka