Premier Cables
Premier Steel

राष्ट्रिय

झण्डा जलाएको विषयमा रास्वपालाई आयोगले सोध्यो स्पष्टीकरण

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण ०९, २०८२  | बिहान ११:५० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दाङलाई नेकपा एमाले को झण्डा जलाइएको तथा अध्यक्ष केपी शर्मा ओली विरुद्ध असभ्य नाराबाजी गरिएको घटनाबारे स्पष्टीकरण माग गरेको छ ।

तुलसीपुरमा रास्वपाका कार्यकर्ताले एमालेको झण्डा जलाउँदै ओलीविरुद्ध नाराबाजी गरेको भन्ने उजुरीपछि आयोगले पार्टी सभापतिको नाममा पत्राचार गरेको हो ।

बिज्ञापन

कानुन अधिकृत मोहनराज जोशीले हस्ताक्षर गरेको पत्रमा पत्र प्राप्त भएको २४ घण्टाभित्र आयोगको इमेलमार्फत लिखित स्पष्टीकरण पठाउन निर्देशन दिइएको छ ।

आयोगले उक्त घटनामा वास्तवमै के भएको हो, एमालेको झण्डा जलाइएको हो वा होइन, तथा एमाले अध्यक्षविरुद्ध असभ्य शब्द प्रयोग गरी नाराबाजी गरिएको हो वा होइन भन्ने विषयमा स्पष्ट जानकारी माग गरेको जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka