Premier Cables
Premier Steel

कोशी प्रदेश

भिड बढेपछि कोशी निर्वाचन कार्यालयमा टोकन प्रणाली लागू

नोट: यो समाचार ४ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २४, २०८२  | अपराह्न १:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मतदाता नामावली दर्ता र ठाउँसारीका लागि सेवाग्राहीको अत्यधिक भीड बढेपछि कोशी प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आजदेखि टोकन प्रणाली लागू गरिएको छ।

निर्वाचन आयोगको सर्भर पटक–पटक डाउन हुने समस्याले सर्वसाधारण हैरान भइरहेका बेला, भीड व्यवस्थापनका लागि यो व्यवस्था लागू गरिएको हो। तर, टोकन प्रणाली लागू भए पनि लामो लाइनका कारण सेवाग्राहीले अझै पनि लामो समय कुर्नु परेको गुनासो गरेका छन्।

बिज्ञापन

कोशी प्रदेश निर्वाचन कार्यालयका प्रमुख युवराज गुरागाईंका अनुसार, भीड र अव्यवस्था कम गर्न टोकन प्रणालीमार्फत पालोको आधारमा नामावली दर्ता गराउने व्यवस्था गरिएको हो। उनले भने, “पहिले भीडभाड र होहल्लाका कारण नाम बोलाउँदा नसुनिने समस्या थियो। अब माइकबाट नाम बोलाएर क्रम मिलाइएको छ।”

उनका अनुसार विगतमा दैनिक झण्डै पाँच सयजना सेवाग्राही मात्र आउने गरेका थिए, तर अहिले यो संख्या तीव्र रूपमा बढेको छ।

आइतबार सर्भर बारम्बार डाउन हुँदा अनलाइनमार्फत दर्ता गर्न आएका व्यक्तिहरू पनि घण्टौँसम्म प्रतीक्षा गर्न बाध्य भएका थिए। केही सेवाग्राहीले दुईदेखि तीन घण्टासम्म पालो कुर्नु परेको अनुभव सुनाएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka