Premier Cables
Premier Steel

कोशी प्रदेश

विराटनगरमा एमालेका दुई कार्यालय कसले गर्यो तोडफोड? यथाशक्य चाँडै खोजी गर्न माग

नोट: यो समाचार २ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, फाल्गुण ०४, २०८२  | साँझ ७:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर  । नेकपा (एमाले) विराटनगर महानगर कमिटीले आफ्ना चुनावी कार्यालयमा भएको तोडफोडप्रति कडा आपत्ति जनाएको छ। सोमबार जारी प्रेस विज्ञप्तिमार्फत महानगर कमिटीले विराटनगरका दुई वडास्थित निर्वाचन परिचालन कमिटी कार्यालयमा भएको घटनाको भर्त्सना गरेको हो।

पार्टीका अनुसार शनिबार राति वडा नं. १७ र आइतबार राति वडा नं. १५ मा रहेका निर्वाचन परिचालन कमिटीका कार्यालयमा तोडफोड गरिएको छ। निर्वाचनको वातावरण बिगार्ने उद्देश्यले योजनाबद्ध रूपमा अराजक गतिविधि गरिएको एमालेको आरोप छ।

बिज्ञापन

महानगर कमिटीका अध्यक्ष बलराम गिरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा संलग्न व्यक्तिहरूलाई तत्काल नियन्त्रणमा लिई कानुनी कारबाही प्रक्रिया अघि बढाउन प्रहरी प्रशासनसँग माग गरिएको छ। साथै, यस्ता घटनाबाट निर्वाचनको माहोल प्रभावित हुन नदिन सुरक्षा सतर्कता बढाउन आग्रह गरिएको छ।

एमालेले निर्वाचन आचारसंहिता विपरीतका गतिविधिमाथि विशेष निगरानी र प्रभावकारी अनुगमन गर्न निर्वाचन आयोगसँग पनि अनुरोध गरेको छ। पार्टीले आफ्ना कार्यकर्ता र शुभेच्छुकहरूलाई संयमित रहन, अफवाहमा नफस्न र सतर्कता अपनाउन आह्वान गर्दै निष्पक्ष तथा भयरहित निर्वाचन सुनिश्चित गर्न प्रशासनसँग जोडदार माग गरेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka