Premier Cables
Premier Steel

कोशी प्रदेश

कार्यसम्पादन मूल्यांकन: कोशी प्रदेशमा विराटनगर महानगर ‘सेकेण्ड’ (हेरौं यो तथ्याङ्क)

सोलुदूधकुण्ड नगरपालिका प्रथम

Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | साँझ ६:४१ बजे

विराटनगर । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको स्थानीय तहको कार्यसम्पादन मूल्यांकन प्रतिवेदनमा कोसी प्रदेशमा सोलुखुम्बु जिल्लाको सोलुदुधकुण्ड नगरपालिा प्रथम भएको छ ।

प्रदेशगत अंकमा सोलुदुधकुण्ड कोशी प्रदेशमा पहिलो भएको हो । यो नगरपालिकाले कूल ७८.५ अंक प्राप्त गरेको छ ।

विराटनगर महानगरपालिका सोलुदुधकुण्ड भन्दा पछाडि दोस्रो नम्बरमा छ । विराटनगरले ७८.१ ऋंक प्राप्त गरेको छ । कोशी प्रदेशका कूल १३७ स्थानीय तहमा सोलुदुधकुण्ड प्रथम भएको हो । तेस्रो स्थानमा पाँचथरको फिदिम नगरपालिका रहेको छ ।आयोगले कुल १७ सूचकका आधारमा स्थानीय तहहरूको मूल्यांकन गरी यसको विवरण सार्वजनिक गरेको हो ।

जसमा असार १० भित्र बजेट सार्वजनिक गरे-नगरेको, असार मसान्तभित्र बजेट पारित गरेको अवस्था, प्रदेश सरकारलाई बुझाउनुपर्ने घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करको ४० प्रतिशत रकम मासिक रूपमा प्रदेश सञ्चित कोषमा दाखिला गरे-नगरेकोजस्ता वित्तीय अनुशासनका सूचक समेटिएका छन् ।

त्यस्तै आर्थिक वर्ष २०८१/८२ को बजेट प्रक्षेपणसहित विवरण अर्थ मन्त्रालयमा पठाए-नपठाएको, कात्तिक मसान्तभित्र बजेट समीक्षा सार्वजनिक गरे–नगरेको, राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, ‘सूत्र’ सफ्टवेयरको प्रयोगलाई पनि मूल्यांकनको आधार बनाइएको छ ।

शिक्षा तथा स्वास्थ्यतर्फ विद्यार्थी भर्ना दर, कक्षा ९ मा टिकाउ दर, एसईई परीक्षा नतिजा, गर्भ जाँच गराउने महिलाको अनुपात तथा पूर्ण खोप पाएका बालबालिकाको अनुपातसमेत समेटिएको आयोगले जनाएको छ ।

 

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka