Premier Cables
Premier Steel

विराटनगर

कोडिङ किकस्टार्ट ३.० को फाइनलमा हेरिटेजका दुई टोली

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | साँझ ५:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रविधि र नवप्रवर्तनको क्षेत्रमा देशकै प्रतिष्ठित राष्ट्रिय स्तरको कोडिङ प्रतियोगिता ‘कोडिङ किकस्टार्ट ३.०’ को अन्तिम चरण (फाइनल) का लागि विराटनगरस्थित हेरिटेज इन्टरनेशनल स्कुलका दुई टोलीहरू छनोट भएका छन्। फागुन २ गते काठमाडौँमा आयोजना हुने उक्त राष्ट्रिय च्याम्पियनसिपमा सहभागी हुन यी टोलीहरू शुक्रबार काठमाडौँ प्रस्थान गर्दैछन्।

काठमाडौँ प्रस्थान गर्नुअघि आज विद्यालयमा एक विशेष सम्मान तथा बिदाइ कार्यक्रम आयोजना गरियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुशान्त बानिया तथा सञ्चालक समितिका सदस्यहरूले फाइनलमा पुग्न सफल विद्यार्थीहरूलाई खादा ओढाएर सम्मान गर्दै जितका लागि शुभकामना व्यक्त गर्नुभयो।

बिज्ञापन

उक्त कार्यक्रममा बोल्दै प्रधानाध्यापकले भन्नुभयो, “देशैभरिका सयौँ विद्यालयहरू सहभागी भएको यस वृहत् राष्ट्रिय प्रतिस्पर्धामा हाम्रो विद्यालयका दुईवटा टोली फाइनलमा पुग्नु गौरवको कुरा हो। यसले हाम्रा विद्यार्थीहरूको प्राविधिक क्षमता र मेहेनतलाई प्रमाणित गरेको छ।”

“प्रतियोगिताको ‘स्क्र्याच ब्लक-बेस्ड कोडिङ’ विधामा कक्षा ५ का श्रीयोग नेपाल, आरोहण रेग्मी र कक्षा ४ का उत्कर्ष रोहन दासले प्रतिनिधित्व गर्नेछन् भने ‘एप डेभलपमेन्ट’ तर्फ कक्षा ६ का श्रेयान्स रेग्मी, नित्यन्त मल्लिक र कक्षा ७ का शाश्वत श्रेष्ठको टोलीले आफ्नो प्राविधिक क्षमता प्रदर्शन गर्नेछन्। सानै उमेरमा यस्तो जटिल प्रविधिमा दख्खल राख्ने यी विद्यार्थीहरूको सफलताले विद्यालय परिवार निकै उत्साहित छ।”

मेरो कोडिङ क्लास’ द्वारा आयोजित यस प्रतियोगिताको फाइनलमा पुग्न सफल दुवै टोलीले जटिल कोडिङ चुनौती र प्रोजेक्टहरूमा उत्कृष्ट प्रदर्शन गरेका थिए। राष्ट्रिय स्तरको यस प्रतिस्पर्धामा हेरिटेजका विद्यार्थीहरूको सहभागिताले विराटनगर र समग्र कोशी प्रदेशकै शैक्षिक गरिमा बढाएको विद्यालय प्रधानाध्यापक बानियाले बताए।

सम्पूर्ण विद्यालय परिवार र अभिभावकहरूले सहभागी विद्यार्थीहरूलाई काठमाडौँमा हुने अन्तिम प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै सफलता हासिल गर्न शुभकामना दिएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka