Premier Cables
Premier Steel

राष्ट्रिय

निर्वाचन हाम्रा लागि पनि परीक्षा होः रवि लामिछाने

Calendar शुक्रबार, फाल्गुण ०१, २०८२  | बिहान १०:२८ बजे

स्याङ्जा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने चुनावी माहोल बुझ्न स्याङ्जा पुगेका छन्। त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी निर्वाचनलाई ‘नयाँ विकल्प’को परीक्षा भएको टिप्पणी गरे।

स्याङ्जा आगमनको कारण स्पष्ट पार्दै उनले भने, ‘स्याङ्जा मतदानका लागि तयार भयो कि भएन भनेर हेर्न आएको हुँ। यसपटक हामीलाई पाँच वर्ष परीक्षण गरेर हेर्नुहोस्।’

चुनावी अभियानअन्तर्गत जनमत संकलन गर्ने क्रममा उनले बिहीबार कुभिण्डेदेखि चापाकोटसम्मका १९ स्थानमा पुगेर मतदातासँग भेटघाट गरेका छन्। स्याङ्जा सदरमुकाममा आयोजित भेलालाई पनि उनले सम्बोधन गरेका थिए।

उनले फागुन २१ गते हुने निर्वाचन अघिल्ला चुनावझैँ परम्परागत प्रतिस्पर्धामा सीमित नरही ‘नयाँ विकल्प’को परीक्षण हुने बताए। आगामी पाँच वर्षले देशको दिशानिर्देश तय गर्ने भएकाले सोच–विचार गरेर निर्णय लिन उनले मतदातासँग आग्रह गरे।

स्याङ्जामा प्रतिनिधिसभाका दुई निर्वाचन क्षेत्र रहेका छन्। रास्वपाले क्षेत्र नम्बर १ मा डा. धनञ्जय रेग्मी र क्षेत्र नम्बर २ मा झविलाल डुम्रेलाई उम्मेदवार बनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka