विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार विनोद ढकालका बुवा विष्णु प्रसाद ढकालको माघ २९ गते बिहीबार बिहान असामयिक निधन भएको छ।
उहाँको निधनको समाचारसँगै राजनीतिक तथा सामाजिक क्षेत्रमा शोकको वातावरण छाएको छ। दिवंगत विष्णु प्रसाद ढकालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको छ।
बिज्ञापन
पारिवारिक स्रोतका अनुसार स्वर्गीय ढकालको अन्त्येष्टि आजै दिउँसो ३ बजे विराटनगर–१ स्थित परोपकार घाटमा गरिनेछ।
यसैबीच, नेपाली कांग्रेसका नेता तथा मोरङ–६ का उम्मेदवार डा. शेखर कोइराला ढकाल निवास पुगेर समवेदना व्यक्त गरेका छन्। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका मोरङ–४ का उम्मेदवार अमनलाल मोदीले पनि ढकाल परिवारलाई भेटेर दुःख व्यक्त गरेका छन्।