Premier Cables
Premier Steel

राजनीति

अस्पताल भर्ना भए माधव नेपाल

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, माघ १५, २०८२  | अपराह्न १२:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

रुघा, खोकी र ज्वरोको समस्या देखिएपछि नेता नेपाल बुधबार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेका थिए। प्रारम्भिक परीक्षणपछि उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

बिज्ञापन

अस्पताल स्रोतका अनुसार नेता नेपाललाई रुघा, खोकी र ज्वरोसँगै सास फेर्न गाह्रो हुने (घ्यार–घ्यार) समस्या देखिएको छ।

त्रिवि शिक्षण अस्पतालमा क्याबिन उपलब्ध नभएपछि मनमोहन सेन्टरमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ। यद्यपि उपचार भने त्रिवि शिक्षण अस्पतालकै छातीरोग विशेषज्ञ चिकित्सकको टोलीले गरिरहेको छ।

नेता नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन बिहीबार बिहान पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित अन्य नेताहरू अस्पताल पुगेका थिए।

यसैबीच, त्रिवि शिक्षण अस्पतालको भीआईपी क्याबिन नम्बर ६०१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पनि भर्ना रहेको अस्पताल स्रोतले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka