Premier Cables
Premier Steel

शेयर बजार

शेयर बजारमा करेक्सन, १६ अर्बभन्दा बढीको कारोबार

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, माघ १२, २०८२  | अपराह्न ३:५० बजे
Hamro Biratnagar Headlines

काठमाण्डौ । अघिल्लो दिन उच्च अंकले बढेको सेयरबजारमा आज सामान्य अंकको करेक्सन आएको छ ।

साताको दोस्रो कारोबार दिन आज सेयरबजार नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.११ प्रतिशत अर्थात ३.०७ अंकले घटेर २ हजार ७६९.०९ विन्दुमा झरेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.३४ प्रतिशतले घटेर ४७१.८३ विन्दुमा सीमित बनेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको ३ करोड ६२ लाख ६४ हजार ८७३ कित्ता सेयर १६ अर्ब ३५ करोड ५७ लाख बढीको सेयर कारोबार भयो । गत बिहिबार भने १३ अर्ब ७८ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आजको बजारबारे बजार जानकार दामोदर गजुरेल भन्छन्, ‘चुनाव हुने पक्कापक्की भएपछि केही दिनयता सेयरबजारमा रौनकता छाएको छ ।

सेयरबजार गत सातादेखि लगातार बढेको पनि छ । लगानीकर्ताहरुले आज नाफा बुक गर्दा बजारमा सामान्य करेक्सन देखिएको हो, तर आत्तिहाल्नुपर्ने अवस्था भने छैन । साथै इतिहासमा हेर्दा चुनावको समयमा सेयरबजार बढेकै हुन्छ ।’

उनले थपे, ‘यो बेला विभिन्न क्षेत्रका पैसा सेयरबजारमा आउने हुँदा मार्केट बढ्नका लागि प्लस प्वइन्ट हुन्छ । आज बजारमा सामान्य करेक्सन देखिनु बजारको दीगोपनको लागि राम्रो पनि हो ।

लगातार बढेको बजार दीगो हुँदैन र आज राम्रो विन्दुमा पुगेर नेप्से क्लोज भएको जुन राम्रो पनि हो । यहिअनुसार बजारमा भोल्युम वृद्धिसँगै सहित सानो–सानो करेक्सन देखिएर विस्तारै बढेको बजार दीगो हुन्छ । अझै सेक्टर रोटेसन भई बजार बढ्दै गएमा बजार अझै माथि जाने देखिन्छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा रातो पोतियो । आज होटल समूह सर्वाधिक अर्थात १.६७ प्रतिशतले बढ्यो ।

हाईड्रो समूह पनि आज ०.३०, उत्पादन तथा प्रशोधन ०.४० र म्युचुअल फण्ड ०.७८ प्रतिशतले बढ्यो ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka